८ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

एरिका सम्मानित

नेपाल सितोरियो कराते संघले मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ।

नेपाल सितोरियो संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा मंगलबार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय पदक विजेता एरिकालाई नगदसहित सम्मान गरेको हो। नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासंघका उपाध्यक्षद्वय देव लामा र मझेन्द्र सिंह र महासंघका महासचिव दावा लामाले एरिकालाई नगद एक लाख र प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरेका हुन। एरिकाले मलेसियामा सम्पन्न डब्लुकेएफ कराते सिरिज वानमा ६८ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन्। उनले नेपाललाई पहिलोपल्ट सिरिज वानमा पदक दिलाएकी थिइन्।

सो अवसरमा संघले इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिप खेल्ने तयारीमा रहेकी सानुमाया थिङ र काताका प्रशिक्षक मन्डेकाजी श्रेष्ठ पनि सम्मानित भए। उनीहरूलाई पनि खादा लगाएर सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले भविष्यमा पनि अन्तर्राष्ट्रिय पदक ल्याउने वातावरण सिर्जना गर्न प्रशिक्षहरूले आफूलाई अपडेट गर्दै लैजानुपर्ने बताए।

पुरानै स्थितिबाट आफूलाई तयार गरेर प्रतियोगितामा प्रतिस्पर्धा गर्ने हो भने पदक ल्याउन सहज नहुने उनको धारणा थियो। प्रशिक्षक कुशल श्रेष्ठले सफलतापछि यस किसिमका सम्मानले खेलाडीलाई ठूलो प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे।

एरिकाले सबै नकरात्मक पक्ष बिर्सिएर आगामी विश्व च्याम्पियनसिपको लागि तयारी गरिरहेको रहेको बताइन्। विश्व करातेमा नेपालप्रति पनि राम्रो छाप बस्दै गएको एरिकाले उल्लेख गरिन्।

प्रकाशित: १२ कार्तिक २०८२ ०७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App