३१ असार २०८३ बुधबार
image/svg+xml
खेल

म्याराडोनापछि बेलिङ्घमले बनाए दुर्लभ रेकर्ड

जुड बेलिङ्घमले २०२६ फिफा विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्याण्डलाई सेमिफाइनलमा पुर्‍याए।

मेक्सिको सिटीमा मियामीको चर्को गर्मीकाबिच उनले देखाएको प्रभावशाली खेलले इंग्ल्याण्डको ६० वर्ष लामो विश्वकप उपाधि प्रतीक्षालाई अन्त्य गर्ने आशा थप बलियो बनाएको छ।

विश्वकप इतिहासमा केही खेलाडीले मात्र आफ्नो असाधारण प्रदर्शनमार्फत प्रतियोगिताको दिशा नै परिवर्तन गरेका छन्। सन् १९८६ मा अर्जेन्टिनाका डिएगो म्याराडोना, २००२ मा ब्राजिलका रोनाल्डो र २०२२ मा लियोनेल मेस्सीले आफ्नो टोलीलाई विश्वकप जिताउँदै अमिट छाप छोडेका थिए।

अहिले त्यही सूचीमा आफ्नो नाम जोड्ने सम्भावना बोकेर बेलिङ्घम अघि बढिरहेका छन्। नर्वेविरुद्धको क्वार्टरफाइनलमा उनले दुई महत्वपूर्ण गोल गर्दै इंग्ल्याण्डलाई कठिन जित दिलाए। यद्यपि, मेस्सी वा म्याराडोनाको स्तरमा पुग्न अझै ठूलो परीक्षा बाँकी छ।

सेमिफाइनलमा इंग्ल्याण्डले लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाको सामना गर्नेछ। त्यसपछि सम्भावित फाइनलमा स्पेन वा केलियन एमबाप्पेको फ्रान्स जस्ता बलिया प्रतिद्वन्द्वीको सामना गर्नेछ।

म्याराडोनापछि दोहोरियो दुर्लभ उपलब्धि

बेलिङ्घमले नर्वेविरुद्ध गरेको दुई गोलले उनलाई विश्वकप इतिहासको दुर्लभ सूचीमा पुर्‍याएको छ। सन् १९८६ मा डिएगो म्याराडोनापछि एउटै विश्वकपको लगातार दुई नकआउट खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान उनले बनाए।

यस्तै, २३ वर्षको उमेरमा यो उपलब्धि हासिल गर्ने उनी दोस्रो कान्छा खेलाडी बने। यसअघि ब्राजिलका महान खेलाडी पेलेले सन् १९५८ को विश्वकपमा मात्र १७ वर्षको उमेरमा यस्तो उपलब्धि हासिल गरेका थिए।

नर्वेविरुद्धको खेलमा दुई गोल मात्र होइन, समग्र प्रदर्शनमा पनि बेलिङ्घम सबैभन्दा प्रभावशाली खेलाडी बने। उनले पाँच पटक गोलतर्फ प्रहार गरे, जुन इंग्ल्याण्डका कुनै पनि खेलाडीभन्दा बढी थियो।

त्यस्तै, विपक्षीको पेनाल्टी क्षेत्रमा सबैभन्दा धेरै टच गरेका उनी द्वन्द्व जित्ने र विपक्षीबाट सबैभन्दा धेरै फाउल निकाल्ने खेलाडी पनि बने।

आक्रमण, मिडफिल्ड र रक्षाबीच समान रूपमा प्रभाव देखाएका बेलिङ्घमले टोलीको खेललाई नियन्त्रण गर्ने आफ्नो क्षमता फेरि प्रमाणित गरे।

महत्वपूर्ण क्षणमा चम्किने खेलाडी

बेलिङ्घमले यस विश्वकपभर इंग्ल्याण्डलाई आवश्यक परेको प्रत्येक महत्त्वपूर्ण क्षणमा निर्णायक भूमिका निभाएका छन्। कठिन परिस्थितिमा गोल गर्ने र टोलीलाई दबाबबाट बाहिर निकाल्ने उनको क्षमता अहिले इंग्ल्याण्डको सबैभन्दा ठूलो शक्ति बनेको छ।

यदि उनले यही लय कायम राख्न सके र इंग्ल्याण्डलाई विश्वकप उपाधिसम्म पुर्‍याउन सफल भए भने, विश्व फुटबलका महान खेलाडीहरूको सूचीमा उनको नाम पनि थपिने सम्भावना बलियो हुनेछ।

तर त्यसअघि उनलाई लियोनेल मेस्सीको अर्जेन्टिना र सम्भावित रूपमा स्पेन वा फ्रान्सजस्ता विश्व फुटबलका शक्तिशाली टोलीहरूविरुद्ध आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेछ।

इंग्ल्याण्डविरुद्धको आफ्नो कडा संघर्षपूर्ण प्रदर्शनपछि नर्वेका सुपरस्टार एर्लिङ हालान्डले पत्रकारहरूसँग जुड बेलिङ्घमबारेमा खुलेर कुरा गरे।

उनले भने ,‘रियल म्याड्रिड र इङ्ग्ल्याण्ड भाग्यमानी छन् कि जुड बेलिङ्घम छन्। सबैजना जुड बेलिङ्घमलाई आफ्नो टोलीमा चाहन्छन्। उनी विश्वका उत्कृष्ट खेलाडीहरू मध्ये एक हुन्, हालान्डले भने।

प्रकाशित: २८ असार २०८३ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App