५ श्रावण २०८३ मंगलबार
image/svg+xml
खेल

भारतलाई हराउँदै इङ्ग्ल्याण्डले जित्यो एकदिवसीय शृंखला

लर्ड्समा भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा इङ्ल्यान्डले भारतलाई २७ रनले पराजित गर्दै तीन खेलको शृङ्खला २-१ ले जितेको छ।

पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डले ३ विकेट गुमाउँदै ३८७ रनको विशाल योगफल तयार पारेको थियो। जवाफमा भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै ३६० रन मात्र बनाउन सक्यो र लक्ष्यभन्दा २७ रनले कम रह्यो।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको इङ्ल्यान्डले लर्ड्समा आफ्नो उच्चतम एकदिवसीय योगफल बनाएको थियो। बेन डकेटले उत्कृष्ट १४१ रन बनाए भने ज्याकब बेथेलले ९१ र जो रुटले अविजित ७४ रनको योगदान दिए। भारतका लागि प्रसिद्ध कृष्णले दुई विकेट लिए भने प्रिन्स यादवले एक विकेट लिए।

३८८ रनको लक्ष्य पछ्याउँदै भारतीय टोलीले राम्रो सुरुवात गरे पनि अन्त्यमा जित हासिल गर्न सकेन।

कप्तान शुभमन गिलले ७७, विराट कोहलीले ७४ रन बनाए भने रोहित शर्माले ११० बलमा १३८ रनको शानदार शतक बनाए। तर, यो इनिङले पनि भारतलाई जित दिलाउन सकेन।

इङ्गल्याण्डका ज्याकब बेथेललाई उनको प्रभावशाली अलराउन्ड प्रदर्शनका लागि प्लेयर अफ द म्याच घोषित गरियो। बेथेलले ९१ रन बनाए र एक विकेट लिए।

प्रकाशित: ४ श्रावण २०८३ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App