बागमती प्रदेश सरकारले १४२ जना वरिष्ठ शाखा अधिकृत तथा शाखा अधिकृतको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कात्तिक १८ गतेको निर्णयअनुसार प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूहका सातौँ र आठौँ तहका अधिकृतलाई विभिन्न मन्त्रालय, निर्देशनालय, आयोग तथा कार्यालयमा जिम्मेवारी तोकिएको हो।
सरुवाअनुसार सबैभन्दा धेरै ७९ जना अधिकृत उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालय र मातहतका कार्यालयमा पदस्थापन भएका छन्। सबैभन्दा कम भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक जना अधिकृत खटाइएको छ।
त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कृषि तथा पशुपन्छी क्षेत्र, प्रदेश लोकसेवा आयोग, प्रदेशसभा सचिवालय र प्रदेश नीति तथा योजना आयोगलगायत निकायमा पनि अधिकृतहरूको पदस्थापन गरिएको छ।
प्रकाशित: १९ कार्तिक २०८३ १३:०९ बिहीबार





