नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रयोग हुने भएको छ। क्यानका सचिव पारस खड्काले स्केच भिडियो सामग्री सेयर गर्दै नेपालमा डीआरएस प्रयोग हुने संकेत गरेका हुन्।
एनपीएलले पनि आफ्नो आधिकारीक फेसबुक पेजमार्फत मंगलबार डीआरएस प्रयोग गर्न लागेको सार्वजनिक गरेको छ।
यससँगै नेपाली क्रिकेटमा प्रविधिको प्रयोग र खेलको निर्णय प्रक्रियालाई थप व्यवस्थित बनाउने दिशामा नयाँ उपलब्धि थपिने भएको छ।
प्रकाशित: ३ कार्तिक २०८३ ०९:३९ मंगलबार





