२० पुस २०८२ आइतबार
image/svg+xml
खेल

जिम्न्याष्टिक संघमा प्रधान

नेपाल जिम्न्याष्टिक संघको अध्यक्षमा ध्रुवबहादुर प्रधानले नै निरन्तरता पाउँदा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की उपाध्यक्षमा चयन भएका छन्।

धोबीघाटस्थित सिद्धार्थ कटेजमा शनिबार सम्पन्न केन्द्रीय साधारणसभाले प्रधानलाई नै अध्यक्षमा निरन्तरता दिँदै २२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

आइएसएफका कार्यकारी सदस्य तथा दक्षिण एसिया विद्यालय खेलकुद महासंघका अध्यक्ष कार्की उपाध्यक्षमा निर्विरोध चयन भएका हुन्।

उनीसँगैं अन्य उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशिलप्रकाश प्रधान, वचन देउजा र प्रमिला सिंह श्रेष्ठ छन्। महासचिवमा मुकुन्दराज शर्मा निर्विरोध निर्वाचित भए।

दुई सचिवमा रामप्रसाद बस्याल र डा. कुस्मिला आचार्य चयन भएका छन्। सुनिलमान सिंह कोषाध्यक्षमा र संगीता खड्का सहकोषाध्यक्षमा निर्वाचित भएका छन्।

अन्य १० सदस्यहरूमा सूर्यबहादुर अधिकारी, श्रीप्रसाद कोजु, विष्णुनारायण ग्वाछा, नीरज थापा, शिवप्रसाद गौतम, राजु केसी, राजु कायश्थ, पर्मेश्वर जोशी, राजेशमान श्रेष्ठ र विवेकानन्द चौधरी सदस्यमा चयन भए।

त्यसअघि साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए। एजियुका प्रतिनिधि कौशिककुमार बिडिवालाको पनि उपस्थिति रहेको थियो।

प्रकाशित: ३ श्रावण २०८२ २१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App