१२ वैशाख २०८३ शनिबार
image/svg+xml
खेल

दीपेन्द्रले युएईविरुद्धको टी-२० खेलमा कप्तानी गर्ने

दीपेन्द्र सिंह ऐरीले युएई विरुद्धको दुई टी-२० टी-२०आई खेलमा कप्तानी गर्ने भएका छन्।

नियमित कप्तान रोहित पौडेल टोलीमा समावेश नगरी क्यानले दीपेन्द्रको कप्तानीमा टोली घोषणा गरेको हो। नेपाल र युएईले अप्रिल २१ र २२ मा अन्तर्राष्ट्रिय सिरिज खेल्दै छन्। खेल आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुनेछ। 

नेपाली टिममा कप्तान ऐरीसँगै सन्दिप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादब, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल रहेका छन्। 

प्रकाशित: ४ वैशाख २०८३ १२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App