१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

दीपेन्द्रसिंह ऐरी आइसिसी वरीयाताको दोस्रो स्थानमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा अलराउण्डरतर्फको वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले जारी गरेको वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गरेका हुन् । यसअघि दोस्रो स्थानमा रहेका रोस्टन चेस सात स्थान तल झदै नवौं स्थानमा पुगेपछि दीपेन्द्र दोस्रो स्थानमा उक्लिएका हुन् । 

पहिलो नम्बरमा भारतका हार्दिक पाण्डेय छन् । तेस्रोमा अफगानिस्तानका मोहमद नाबी, चौथोमा इंल्यान्डका लियाम लिभिङटोन र पाँचौ स्थानमा वेस्ट इन्डिजका रोमारियो सेफर्ड रहेका छन् ।  

टी-२० आईको ब्याटिङ वरीयतामा भने दीपेन्द्रसँगै कप्तान रोहित कुमार पौडेलको वरीयाता खस्कँदा कुशल भुर्तेल र आसिफ शेखको वरीयातामा भने सुधार भएको छ । बलिङमा ललित नारायण राजवंशी दुई स्थान सुधार गर्दै ५६औं स्थानमा उक्लिएका छन् । 

प्रकाशित: १४ श्रावण २०८२ १५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App