१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक

आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा दिपेन्द्र सिंह ऐरीले अमेरिकाविरुद्ध अर्ध सतक बनाएका छन्।

उनले ४३ बलमा ५१ रन बनाएका हुन्। उनले ३५.४ ओभरमा दुई चौका तीन छक्का हानेका छन्। 

यूएईमा जारी खेल दुबईस्थित आईसीसी एकेडेमीमा जारी रहेको छ।

नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो।

प्रकाशित: १५ कार्तिक २०८२ १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App