युएईविरुद्धको सुपर-६ खेलमा नेपालले लगातार विकेट गुमाउने क्रम जारी राखेको छ।
अर्धशतक बनाएर आसिफ शेख आउट भएको केही बेरमै नेपालले अर्का महत्त्वपूर्ण ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको छ।
आक्रामक ब्याटिङका लागि चिनिने ऐरी मात्र २ बलमा १ रन जोडेर पेभेलियन फर्किए। उनको विकेट पतनसँगै नेपालले चौथो महत्त्वपूर्ण विकेट गुमाएको हो।
अन्तिम ओभरमा ठूलो स्कोर बनाउने लक्ष्य राखेको नेपाललाई लगातार दुई विकेट गुमाएपछि ठूलो दबाब परेको छ।
अब क्रिजमा कुशल मल्ललाई साथ दिन गुल्सन झा आएका छन्।
प्रकाशित: २६ आश्विन २०८२ १७:३८ आइतबार





