नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली विराटनगर किंग्सले आउँदो एनपिएलको लागि पुबुदु दासानायकलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
विराटनगरले सोमबार बिहान सामाजिक सञ्जाल मार्फत पुबुदुलाई नियुक्त गरेको जानकारी दिएको हो। यसअघि उनी साविक विजेता जनकपुर बोल्ट्सको प्रशिक्षकको रूपमा आबद्ध थिए।
त्यसअघि उनी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रशिक्षकको रूपमा समेत रहिसकेका छन्। एनपिएल सिजन-२ आउँदो मंसिर १ देखि २७ गतेसम्म आयोजना हुँदैछ।
विराटनगरको मार्की खेलाडीको रूपमा सन्दीप लामिछाने रहेका छन्।
प्रकाशित: २४ कार्तिक २०८२ ११:५० सोमबार





