१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

चर्च ब्वाईज ताप्लेजुङ गोल्डकपको फाइनलमा

ललितपुरको चर्च ब्वाईज फुटबल क्लव ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलमा बुधबार सुनसरीको ईटहरीस्थित द योङ ब्रर्दश फुटबल क्लवलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाईज उपाधि नजिक पुगेको छ । निर्धारित र इञ्जुरी समयमा १–१ को बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो । चर्च ब्वाईजका लागि नवयुग श्रेष्ठबको प्रहार असफल हुँदा सुमन श्रेष्ठ, रोशन पहाडी र युवराज ढकालको प्रहार गोलमा परिणत भएको थियो ।  

द योङ ब्रर्दश फुटबल क्लवका लागि निरोज खड्काको प्रहारले मात्र गोलको दिशा लियो । बिशाल तामाङ, युगन राई र निवाम फुयाँल गोल गर्न असफल भएपछि द योङ सेमिफाइनमै रोकियो ।  

यसअघि खेलको ६६ औं मिनेटमा आत्मघाति गोलको मद्दतमा द योङले अग्रता बनाएको थियो । तर दोस्रो हाफको इन्ज्युरी समयमा सुमन श्रेष्ठले गोल गर्दै चर्च व्वाईजलाई खेलमा फर्काएका थिए ।  

गोल्डकपमा दोस्रो सेमिफाइनलमा बिहीबार रेडस्टार फुटबल क्लव झापा र सलहेस फुटबल क्लव आमनेसामने हुनेछन् ।  

बिहीबारको बिजेताले चर्च व्वाईजसंग उपाधिका लागि शनिवार प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित: २८ श्रावण २०८२ १८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App