८ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

पावरप्ले सकिँदा चितवनको स्थिति ४७/२, डी लांगेको उत्कृष्ट स्पेल

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध भइरहेको खेलमा चितवन राइनोजले पावरप्लेमा मिश्रित प्रदर्शन गरेको छ।

टस हारेर ब्याटिङ गरिरहेको चितवनले ६ ओभरको समाप्तिमा २ विकेट गुमाएर ४७ रन बनाएको छ।

चितवनका लागि पावरप्ले सुखद र दुःखद दुवै रह्यो। टोलीले रन रेटलाई ८ को हाराहारीमा राखे पनि दुई महत्त्वपूर्ण विकेट गुमाएको छ।

विराटनगरका तीव्र गतिका बलर मार्चन्ट डी लांगे निकै घातक साबित भए। उनले आफ्नो २ ओभरको स्पेलमा जम्मा ५ रन खर्चेर चितवनका दुवै सेट ब्याटरलाई आउट गरे।

सुरुवाती ओभरमा दीपक बोहोरा ५ रनमा आउट भए भने आक्रामक ब्याटिङ गरिरहेका विदेशी खेलाडी डाविड मलान ९ बलमा ३ चौकासहित १७ रन बनाएर डी लांगेकै बलमा बोल्ड भए।

अहिले क्रिजमा देव खनाल १५ बलमा १५ रन र सैफ जािब(७ बलमा ९ रन बनाएर खेलिरहेका छन्। विराटनगरका अन्य बलरहरू प्रतिश जिसी र सूर्य तामाङ भने पावरप्लेमा केही महँगा साबित भए।

प्रकाशित: १० मंसिर २०८२ १६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App