नेपाल प्रिमियर लिग (एनपिएल) को २०औं खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले १० ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई ७६ रन बनाएको हो।
चितवनका लागि ओपनरद्वय दवीद मलान र अर्जुन साउदले उत्कष्ट सुरुवात दिलाएका छन्। पहिलो विकेटका लागि उनीहरूबीच १० ओभरमा ७६ रनको अविजित साझेदारी भइसकेको छ।
जनकपुर बोल्ट्सका बलरहरूले १० ओभरसम्म कुनै सफलता हात पार्न सकेका छैनन्।
चितवन राइनोज ७.६० को रनरेटमा बलियो स्थितिमा अघि बढिरहेको छ।
प्रकाशित: १६ मंसिर २०८२ १२:२९ मंगलबार





