नेपाली राष्ट्रिय टेबल टेनिस खेलाडी संयोग कपालीले चीनको अग्रणी टेबल टेनिस ब्रान्डमध्ये एक यिन्हे स्पोटर्स इक्विपमेन्ट कम्पनी लिमिटेडबाट प्रायोजन पाएका छन्। नेपालमा यिन्हेको आधिकारिक विक्रेता डाँफे स्पोटर्स हो।
डाँफे स्पोटर्सका प्रमुख कार्यकारी अधिकृत नीतिश राजभण्डारी र संयोगले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता दुई वर्षका लागि कायम रहने अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जानकारी दिएका छन्।
यिन्हेले संयोगलाई तालिम र व्यावसायिक विकास बढाउन खेलसामग्री र पोसाक उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।
प्रकाशित: २ पुस २०८२ ०७:४७ बुधबार





