१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

धनुर्विद्यामा चीनले नेपालसँग सहकार्य गर्ने

नेपाल चीनमा हुने फाल्कन कप अन्तर्राष्ट्रिय धनुर्विद्या र दशौं झेङजी कप धनुर्विद्या आमन्त्रण प्रतियोगितामा सहभागी हुने भएको छ।

काठमाडौं झेङजी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट अर्गनाइजेसनका सचिव राजीव महर्जन उक्त प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी भएका हुन्। उक्त प्रतियोगितामा हङगेरी, थाइल्यान्ड, म्यानमार र नेपालका साथै चीनबाट एक सय ६० खेलाडी सहभागी  हुँदैछन्।

कार्यक्रममा नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट्स इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एसोसिएसन युनान र कुन्मिङ झेङजी आर्चरी क्लबले सहकार्य गर्ने पुन प्रतिबद्धता जनाएको छ।

ट्रेडिसनल आर्चरी एसोसिएसन युनान शाखाद्वारा आयोजित कार्यक्रममा ट्रेडिसनल आर्चरी एसोसिएसन युनान शाखाका अध्यक्ष कोङ उइझाङ र मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष एवं काठमाडौं झेङजी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट अर्गनाइजेसनका सचिव महर्जनबीच सहकार्य गर्ने सहमति भएको छ।

यसअघि सो संस्थाले प्रशिक्षकहरूको आदानप्रदान गर्ने, नेपाली खेलाडीलाई प्रशिक्षणका लागि विश्वविद्यालय र एसोसिएसनले अवसर दिने, वर्षमा न्युनतम एक कार्यक्रम संयुक्त रूपमा गर्ने र नयाँ खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने सहमति भएको महर्जनको भनाइ छ।  

प्रकाशित: १० कार्तिक २०८२ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App