२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

कप्तान रोहित पौडेलको अर्धशतक, संकटमा परेको नेपाललाई राहत

आइसीसी टी-२० विश्वकप एसिया छनोटमा कतारविरुद्ध संकटमा परेको नेपाली टोलीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्।

उनले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै नेपालको इनिङ्स सम्हालेका छन्। ओमानमा जारी खेलमा रोहितले मात्र ३५ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन्। यो अर्धशतक बनाउने क्रममा उनले ६ चौका र १ छक्का प्रहार गरे ।

सुरुवाती ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि दबाबमा आएको नेपालका लागि रोहितले दीपेन्द्रसिंह ऐरीसँग मिलेर महत्त्वपूर्ण साझेदारी गरेका छन्।

समाचार तयार पार्दासम्म नेपालले १३.४ ओभरमा ३ विकेटको क्षतिमा ९९ रन बनाएको छ।

कप्तान रोहित ५० रनमा अविजित छन् भने उनलाई साथ दिइरहेका दीपेन्द्रसिंह ऐरीले १७ बलमा २१ रन बनाएर खेलिरहेका छन्। यो साझेदारीले नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्याएको छ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेल (६), आसिफ शेख (११) र कुशल मल्ल (८) लाई सस्तैमा गुमाएको थियो।

प्रकाशित: २७ आश्विन २०८२ २१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App