नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय प्रतियोगितामा अन्य प्रदेश वा विभागीय टिममा स्थानान्तरण गर्न चाहानेलाई अबदेखि फुकुवा पत्र अनिवार्य गरेको छ।
क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै फुकुवा अनिवार्य गर्न सूचित गरेको हो । क्यानले संघको वार्षिक कार्यक्रम अनुसार यो वर्षदेखि राष्ट्रिय प्रतियोगितामा विभिन्न प्रदेश टोली र विभिागीय टोली स्थानान्तरण हुन फुकुवाको चिठ्ठी चाहिने उल्लेख गरको छ ।
‘संघको वार्षिक कार्यक्रम अनुसार हुने विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा विभिन्न प्रदेश टिमहरुबाट सहभागिता जनाईरहेका खेलाडीले यस आर्थिक वर्षमा संचालन हुने राष्ट्रिय प्रतियोगिताहरुमा अन्य प्रदशको टिम र विभागीय टोलीमा स्थानन्तरण हुन चाहेमा यही कार्तिक १० गतेभित्र यसअघि आबद्ध जिल्ला संघबाट फुकुवा पत्र लिई सम्बन्धित प्रादेशिक क्रिकेट संघको स्विकृति पत्र तथा आफू स्थानानन्तरण हुन लागेको टिममा अनिवार्य रुपमा संघमा पेश गर्नुपर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ।
यसका साथै सम्पूर्ण प्रादेशिक क्रिकेट संघले सामाजिक सञ्जाल मार्फत सरोकारवालामा गराउन पर्ने जनाएको छ ।
यस्तो छ विज्ञप्ति :

प्रकाशित: २७ आश्विन २०८२ १५:४८ सोमबार





