नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेलहरूको टिकट मूल्य घटाएको छ।
क्यानले मंगलबार हुने ओमानसँगको खेल र मे १२ देखि सुरु हुने लिग–२ को लागि टिकटको मूल्य घटाएको हो।
आईसीसी विश्कप लिग–२ अन्तर्गत नेपालले मंगलबार ओमानसँग खेल खेल्दैछ। जारी प्रतियोगितामा घरेलु टोलीले यूएईसँग दुई तथा ओमानसँग एक खेल खेलिसकेको छ।
मे १२ देखि सुरु हुने लिग २ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड खेल्दैछन्।
यसअघिका खेलहरुमा दर्शकको उपस्थिति न्यून रहेपछि क्यानले टिकटको मूल्य घटाएको बुझिएको छ।
यसअघि नेपालको खेलमा ४०० र ओमान र यूएईबीचको खेलको टिकट मूल्य १०० तोकिएकोमा अब टिकटको मूल्य २०० कायम गरिएको छ।
प्रकाशित: २१ वैशाख २०८३ ११:०६ सोमबार





