साविक विजेता न्यूरोड टिम (एनआरटी क्लब) लाई हराउँदै प्लानिङ ब्वाइज काठमाडौं २६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा एनआरटी क्लबलाई २–० गोलले हराउँदै प्लानिङ ब्वाइजले सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।
खेलमा प्लानिङ ब्वाइजका तर्फबाट केबेले र श्याम मुरमुरले गोल गरे । केबेले पहिलो हाफको ४३ औँ मिनेटमा र दोस्रो हाफको ८६ औँ मिनेटमा श्यामले गोल गरेका हुन । श्यामले रोमन भुजेलले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।
खेलको ‘म्यान अफ दि म्याच’ प्लानिङ ब्वाइजका योगेश धिमाल घोषित भए । उनले नगद १० हजार सहित मेडल प्राप्त गरे । प्रतियोगिताअन्तर्गत आइतबार नेपाल पुलिस क्लब र चर्च ब्वाइजबिच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।


प्रकाशित: २४ माघ २०८२ १७:४२ शनिबार





