१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

दृष्टिविहीन महिला क्रिकेट: नेपालले अमेरिकालाई १० विकेटले हरायो

भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतमा आज भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले पराजित गर्दै जित हासिल गरेको हो । यो जितसँगै नेपालले चार खेलबाट छ अङ्क जोडेको छ । यसअघि श्रीलङ्का र अष्ट्रेलियालाई पराजित गरेको नेपालले भारतसँग भने हार बेहोरेको थियो ।

अमेरिकाले प्रस्तुत गरेको १८ रनको लक्ष्य पच्छाएको नेपाल चार बलमा  कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो ।  

नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका नौ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १७ रनमै समेटियो ।  

अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि दिलसरा धमलाले तीन र सुनिता घिमिरेले समान एक/एक विकेट लिए ।  

प्रकाशित: ३० कार्तिक २०८२ १८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App