२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

नेपालका भूपेन्द्र गुरुङले अमेरिकामा हुने विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा खेल्ने भएका छन्।

अमेरिकाको बोस्टनमा आगामी अक्टोबर २६ तारिखमा विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिप हुँदै छ। वल्र्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा हुने उक्त च्याम्पियनसिपमा भूपेन्द्रले कुल तीन विधामा चुनौती प्रस्तुत गर्नेछन्। उनले छाङ छ्वान, ताइची र म्युजिकल फम्समा प्रतिस्पर्धा गर्नेछन्।

अमेरिकामा भूपेन्द्रले दोस्रोपटक खेल्न लागेका हुन्। यसअघि उनले अमेरिकाको विभिन्न शहरमा तीन प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतियोगितामा उनले तीन स्वर्ण र तीन रजत पदक जितेका थिए।

भूपेन्द्रले जर्मनी, इङ्ल्यान्ड र थाइल्यान्डमा पनि पदक जितेका छन्। उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबार आयोजित एक कार्यक्रमका बिच राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेत, नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन र कोषाध्यक्ष सूर्य तामाङले भूपेन्द्रलाई बिदाइ गरेका थिए। उनी आगामी अक्टोबर २३ मा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।

प्रकाशित: २ कार्तिक २०८२ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App