नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा १३१ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले उत्कृष्ट सुरुवात गरेको छ। काठमाडौंका ओपनर बेन चार्ल्सवर्थले विष्फोटक ब्याटिङ गरे पनि अर्धशतक बनाउन भने चुकेका छन्।
चार्ल्सवर्थ मात्र २३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाएर आउट भए। अर्धशतकबाट मात्र ४ रनले चुकेका उनलाई जान निकोल लोफ्टी-इटनले आउट गराए। उनको आक्रामक ब्याटिङले काठमाडौंलाई लक्ष्य पछ्याउन बलियो आधार तयार पारेको छ।
यो समाचार तयार पार्दासम्म काठमाडौंले ८.१ ओभरमा १ विकेटको क्षतिमा ७० रन बनाएको छ। क्रिजमा अर्का ओपनर आकाश त्रिपाठी २२ रन बनाएर खेलिरहेका छन्।
काठमाडौंलाई अब जितका लागि ७१ बलमा ६१ रन आवश्यक छ र उसको हातमा ९ विकेट बाँकी छ। काठमाडौं जिततर्फ अग्रसर देखिएको छ।
प्रकाशित: १ मंसिर २०८२ १८:२९ सोमबार





