६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

बेलारुसकी साबालेन्काले लगातार दोस्रो पटक यूएस ओपन जितिन्

विश्व नम्बर एक महिला टेनिस खेलाडी आर्यना साबालेन्काले यूएस ओपनको महिला एकलको फाइनल खेलमा अमेरिकाकी अमान्डा एनिसिमोभालाई हराउँदै वर्षको पहिलो ग्रान्ड स्लाम उपाधि जितेकी छिन्।

बेलारुसकी साबालेन्काले फाइनलमा निरन्तर प्रदर्शन गर्दै खेल ६-३, ७-६ (७-३) ले जितिन्।

खेल जितेपछि साबालेन्का भावुक देखिइन्। यस वर्ष उनले दुई ग्रान्ड स्लाम फाइनलमा हार बेहोर्नुपरेको थियो।

गत वर्ष पनि साबालेन्काले यूएस ओपनको उपाधि जितेकी थिइन्।

२७ वर्षीया साबालेन्काले यस वर्षको अन्तिम ग्रान्ड स्लाममा उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना आलोचकहरूलाई जवाफ दिएकी छिन्। यो साबालेन्काको चौथो ग्रान्ड स्लाम एकल उपाधि हो।

प्रकाशित: २२ भाद्र २०८२ ०८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App