काभ्रेको बनेपा बजारमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
आज बिहानै दूरसञ्चार नजिकै टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो।
बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिप्परले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। मृतकको पहिचान भने खुलेको छैन। मृतकलाई प्रहरीले सिर मेमोरियल अस्पताल लगेको छ।
घटनापश्चात् अहिले बनेपा तनावग्रस्त बनेको छ। चालक फरार छन् भने सर्वसाधारणले टिप्परमा आगो लगाइदिएका छन्। साथै स्थानीयको विरोधले यातायात अवरुद्ध भएको छ। प्रदर्शन जारी छ।
प्रकाशित: ६ फाल्गुन २०८२ १०:४५ बुधबार


-600x400.jpg)


