बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)ले टी-२० पुरुष विश्वकप खेल्न बंगालदेश भारत नजाने स्पष्ट पारेको छ ।
मगंलबार बोर्ड र आइसिसीबीच भएको भिडियो कन्फ्रेन्समा बंगलादेश क्रिकेट बोर्डले बंगलादेशको खेल भारतबाट बाहिर सार्न आग्रह गरेको छ। बोर्डले सुरक्षा चिन्ताका कारण देखाउँदै आफ्नो टोलीको खेल बाहिर सार्न भनेको हो।
बिसिबीले एक विज्ञप्ति जारी गरेरे ूछलफलको क्रममा, सुरक्षा चिन्तालाई उद्धृत गर्दै, भारत यात्रा नगर्ने निर्णय बारे आफ्नो अडान पुनः स्पष्ट गरेको र बंगलादेशका खेलहरू भारत बाहिर स्थानान्तरण गर्ने विचार गर्न आइसिसीलाई अनुरोध गरेको जनाएको छ।
भारतले आईपीएलबाट आफ्ना खेलाडीलाई हटाएपछि बंगलादेश रुष्ट छ । खेलबाट सुरु भएको विवाद कुटनीतिकतहसम्म पुगेपछि बंगलादेशले १४ वर्षपछि पाकिस्तानसँग सिधा हवाई उडानको तयारी पनि गरेको छ ।
प्रकाशित: २९ पुस २०८२ १६:२८ मंगलबार





