बंगलादेशले दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानसामु ४३७ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।
सिलेटमा घरेलु टोली बंगलादेशले दोस्रो इनिङ्समा ३९० रन बनाएपछि पाकिस्तानले उक्त लक्ष्य पाएको हो। बंगलादेशले पहिलो इनिङ्समा २७८ रन बनाएको थियो ।
पाकिस्तान भने पहिलो इनिङ्समा २३२ रनमा अलआउट भएको थियो।
४३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले तेस्रो दिनको खेलको समाप्तिमा २ ओभरमा बिना क्षति रन जोडेको छैन।
२ म्याचको शृंखलामा बंगलादेश १-० ले अघि छ।
प्रकाशित: ४ जेष्ठ २०८३ १८:५३ सोमबार





