२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

तातोपानी नाका सञ्चालन गर्न सांसद युवराज दुलालको माग

प्रतिनिधिसभा सदस्य युवराज दुलालले सिन्धुपाल्चोकको डाक्लाङ, इको र लिपिङ क्षेत्रमा गएको पहिरोका कारण अवरुद्ध भएको राजमार्ग तथा तातोपानी नाका सञ्चालनमा ल्याउन सरकारसँग  माग गरेका छन्। 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले सडक अवरुद्ध हुँदा भोटेकोशी गाउँपालिकाको जनजीवन  प्रभावित भएको र सडक नाकाको रूपमा मात्र नभई स्थानीय नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको पूर्वाधार भएकाले महिनौँसम्म यातायात अवरुद्ध रहनु कष्टकर भएको बताए। 

उनले केही साताअघि दुई मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मन्त्रालयका सचिव तथा अन्य उच्च पदाधिकारीसहितको टोलीले स्थलगत निरीक्षण गरे पनि सडक सञ्चालनका लागि कुनै पहल नभएको बताए। 

सांसद दुलालले जुरे पहिरोका बेला वैकल्पिक उपाय अपनाएर छोटो समयमै सडक सञ्चालन गरिएको भन्दै अहिले पनि तातोपानी नाका र अरनिको राजमार्ग तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन आग्रह सरकारसँग आग्रह गरे। 

सडक बन्द हुँदा व्यापारीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको, खासाबाट आएका सामान अन्य नाकातर्फ लैजान बाध्य हुँदा करोडौँ रुपैयाँ ढुवानी खर्च बढेको तथा फलफूललगायतका सामग्री नष्ट भएको बताए। 

प्रकाशित: २२ श्रावण २०८३ १४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App