२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौं महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पोखरा महानगरपालिकामा कार्यरत अर्याललाई काठमाडौं महानगरपालिकामा सरुवा गर्ने निर्णय गरेको हो। 

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको जिम्मेवारीमा अर्याललाई पठाइएको हो। गुरागाईंले ५८ वर्षे उमेर हद पूरा गरेपछि सेवा निवृत्त भएका थिए। 

प्रकाशित: २१ श्रावण २०८३ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App