घरेलु टोलि अष्ट्रेलिया विरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा बंगलादेशले उत्कृष्ट सुरुआत गरेको छ।
पहिलो दिनको खेल सकिदाँ सम्म बंगलादेशले १ विकेटको क्षतिमा ९६ रनको बनाएको छ। उसका मनिमल हक र तानजिद हसन क्रिजमा रहेका छन्।
भोलि दोस्रो दिनको खेल सुरु हुदाँ हकले ३५ र हसनले ३२ रनबाट आफनो इनिङ अगाडि बढाउने छन्।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलि ५३ ओभरमा १९८ रनमा अलआउट भएको थियो। अष्ट्रेलियाको लागि पूर्व कप्तान स्टेभिन स्मिथले ७१ रन जोडेका थिए।
स्मिथ बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। बंगलादेशका लागि हसन महमुदले एक्लैले ६ विकेट हात पारेका छन्।
प्रकाशित: २८ श्रावण २०८३ १४:०० बिहीबार





-600x400.jpg)