२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

इबोला अत्यन्तै घातक साबित हुन सक्ने डब्लुएचओको चेतावनी

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा हालको इबोला प्रकोप यही गतिमा जारी रह्यो भने यो अहिलेसम्मकै सबैभन्दा घातक इबोला प्रकोप बन्न सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस गेब्रेयससले चेतावनी दिएका छन्।

टेड्रोसले हालको गतिमा २०२६ को प्रकोपले २०१४-२०१६ को इबोला प्रकोपलाई उछिन्न सक्ने पत्रकारहरूलाई बताए।इबोलाले कम्तिमा ११ हजार मानिसहरूको ज्यान लिएको उनले बताए।

यस वर्षको इबोला प्रकोप आधिकारिक रूपमा मे १५ मा समाप्त भएको घोषणा गरिएको थियो। अहिलेसम्म कम्तिमा ४ हजार ३ सय केसहरू रिपोर्ट गरिएका छन् र २ हजारभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ।

बुधबार डब्ल्यूएचओले आगामी तीन महिनामा भाइरसको फैलावट नियन्त्रण गर्ने प्रयास गरिरहेको बताएको छ।

यद्यपि, डब्लुएचओका अनुसार यसको अर्थ तीन महिनाभित्र रोग पूर्ण रूपमा उन्मूलन गर्नु होइन। अहिलेको लक्ष्य संक्रमणको फैलावटलाई रोक्नु र सुस्त बनाउनु हो।

स्वास्थ्य अधिकारीहरूका अनुसार इबोलाको प्रकोप मे महिनामा आधिकारिक रूपमा घोषणा हुनुभन्दा कम्तीमा तीन महिना अघि सुरु भएको थियो।

'हामी भाइरसलाई पछ्याइरहेका छौं, तर भाइरस हाम्रो अगाडि छ,' डब्लुएचओ अफ्रिका निर्देशक डा. मोहम्मद जनाबीले बुनिया शहरमा एक पत्रकार सम्मेलनमा भने।

उनले अनुसन्धानले यो भाइरस फेब्रुअरीको सुरुमै फैलिन थालेको देखाएको बताए। 'सुरुमा धेरै बिरामीहरूलाई इबोला भएको पत्ता लागेन, र तिनीहरूको लक्षणहरूलाई मलेरिया वा टाइफाइड भनेर गलत बुझियो,' उनले भने।

प्रकाशित: २८ श्रावण २०८३ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App