२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

देउवाको आगमनले कांग्रेस एक हुन सक्छ: रामहरि खतिवडा

लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक विवाद समाधान गर्दै राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्ने कांग्रेस नेता रामहरि खतिवडाले बताएका छन्।

देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेता खतिवडाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पछिल्लो समय मुलुकले देउवाको अभाव महसुस गरिरहेको उल्लेख गरे। उनको पुनरागमनले पार्टी पंक्तिमा नयाँ उत्साह थपेको उनको भनाइ छ।

‘नेपालको वर्तमान राजनीतिमा जीवित नेताहरूमध्ये सबैलाई मिलाएर लैजान सक्ने उच्च क्षमता र अनुभव देउवासँग मात्र छ,’ नेता खतिवडाले भने, ‘पार्टीभित्रका असमझदारी सुल्झाउन र राष्ट्रिय राजनीतिलाई सही दिशा दिन उनको भूमिका अतुलनीय हुनेछ।’

विदेशमा उपचार गराएर पूर्ण स्वास्थ्य लाभ गरी फर्किएका पूर्व सभापति देउवालाई विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।

मुलुकमा राजनीतिक अस्थिरताको वातावरण कायमै रहेको र जनतामा आशाका किरण छर्न कठिन भइरहेको अवस्थामा देउवाको अनुभवले सबै दलहरूबीच मेलमिलाप र एकता कायम गर्न मद्दत पुग्ने खतिवडाले दाबी गरे।

प्रकाशित: २८ श्रावण २०८३ १५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App