५ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

आईपिएलबाट खेलाडी हटाइएपछि बंगालदेश रुष्ट, भारतमा विश्वकप नखेल्ने अडान

खेलाडी मुस्तफिजुर रहमानलाई इन्डियन प्रिमियर लिग (आईपिएल) खेल्नबाट हटाएपछि टी-२० विश्वकपमा आफ्ना खेल भारतबाट सार्न बंगलादेशले माग गरेको छ।

आईपिएल फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्स (केकेआर) ले रहनमालाई टोलीबाट हटाएपछि उक्त विवाद सुरु भएको हो। बंगलादेशका खेलकुद सल्लाहकार आसिफ नजरुलले आफ्नो क्रिकेट बोर्डलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँग भारतमा हुने खेल श्रीलंकामा सार्न पत्र लेख्न भनेका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै खेलकुद सल्लाहकारले भारतीय क्रिकेट नियन्त्रण बोर्डले साम्प्रदायिक शक्तिहरूको अगाडि झुकेर मुस्ताफिजुर रहमानलाई हटाउने निर्णय पूर्णतया अस्वीकार्य छ भनेका छन्। साथै, उनले घटनाको कडा निन्दा गरे र यस विषयमा आफ्नो आक्रोश व्यक्त गरेका छन्।

ब‌गलादेश विश्वकपको समूह 'सी' मा छ । सोही समूहमा नेपाल पनि छ । 

टी-२० विश्वकप आगममी फ्रेबअरी ७ देखि भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्।

प्रकाशित: २० पुस २०८२ ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App