टि–२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले आज अस्ट्रेलियामा बांग्लादेश ‘ए’को सामना गरिरहेको छ। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा टप एण्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले बांग्लादेश ‘ए’सँग खेलिरहेको हो।
जसमा बांग्लादेशी टोलीले टस जितेर पहिले ब्याटिङ रोजेको छ। प्रारम्भिक ओभरमा बांग्लादेशी ओपनर ब्याटरले आक्रामक ब्याटिङ गरिरहेका छन्।
पहिलो चार ओभरमा बांग्लादेशले कुनै विकेट पनि नगुमाएर ४३ रन जोडिसकेको छ।
यसअघि हिजो सम्पन्न पहिलो खेलमा नेपाली टोली अस्ट्रेलियाको नर्दन टेरिटोरीको टोलीसँग ४२ रनले पराजित भएको थियो।
प्रकाशित: ३१ श्रावण २०८२ १५:३८ शनिबार





