१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

बाबरले तोडे रोहितको रेकर्ड

पाकिस्तानी क्रिकेटर बाबर आजमले भारतीय खेलाडी रोहित शर्माको टी-२० अन्तर्राष्ट्रिय रनको रेकर्ड तोडेका छन्। बाबर टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।

लाहोरको गद्दाफी रंगशालामा खेलिएको दक्षिण अफ्रिका विरुद्धको टी-२० खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका १९.२ ओभरमा ११० रनमै अलआउट भयो। जवाफमा पाकिस्तानले १३.१ ओभरमा मात्र एक विकेट गुमाउँदै खेल जित्यो।

यस खेलमा बाबर आजम ११ रनमा अविजित रहे। योसँगै बाबर आजमले आफ्नो टी-२० करियरमा चार हजार २३४ रन बनाएका छन्।

उनीपछि क्रमशः रोहित शर्मा (चार हजार २३१ रन), विराट कोहली (चार हजार १८८ रन), इंगल्याण्डका जोस बटलर (तीन हजार ८६९ र आयरल्याण्डका पल रोबर्ट स्टर्लिङ (तीन हजार ७१० रन) छन्।

प्रकाशित: १५ कार्तिक २०८२ ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App