१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

भारतविरुद्धको दोस्रो टी-२० मा अस्ट्रेलियाको फराकिलो जित

भारतविरुद्धको दोस्रो टी-२० क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । मेलबर्नमा शुक्रबार घरेलु टोली अस्ट्रेलियाले भारतलाई ४ विकेटले पराजित गर्दै ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको हो । पहिलो खेल वर्षाले बिना नतिजा सकिएको थियो ।  

भारतले दिएको १२६ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले १३.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा क्याप्टेन मिचेल मार्सले ४६ र ट्रेभिस हेडले २८ रन बनाए ।  

जस्प्रित बुमराह, भरुण चक्रवर्ती र कुलदीप यादवले समान २ विकेट लिएपछि भारतको हार भने टार्न सकेनन् ।  

यसअघि पहिला ब्याटिङ गरेको भारत १८.४ ओभरमा १२५ रनमा अलआउट भएको थियो । चार जना ब्याट्सम्यान डक आउट र ५ जना दोहोरो अंकको स्कोर नगर्दै आउट भएको भारतको इनिङ्समा अभिशेक शर्माले ६८ र हर्सित रानाले ३५ रन बनाएका थिए ।  

कंगारु टोलीका लागि जोस हाजलउडले ३, जेभियर बार्टलेट र नाथन एल्सले समान २ तथा मार्कस स्टोइनिसले एक विकेट लिए ।  

सिरिजको तेस्रो खेल आइतबार हुनेछ । यसअघिको ३ खेलका एकदिवसीय सिरिज भने २-१ ले भारतले घरेलु टोलीलाई सुम्पिएको थियो । 

प्रकाशित: १४ कार्तिक २०८२ १९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App