दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को लागि लुम्बिनी लायन्सले अष्ट्रेलियाका डार्शी शर्टलाई अनुबन्ध गरेको छ।
३५ वर्षीय शर्टलाई लुम्बिनीले बिहीबार अनुबन्ध गरेको हो। उनले सन् २०१८ देखि २०२० सम्म अष्ट्रेलियाबाट टी- २० आई र एकदिवसी क्रिकेट खेलेका छन्।
बायाँहाते ओपनिङ ब्याटर शर्टले भारतीय प्रिमियर लिग (आईपिएल), बिग ब्यास लिग जस्ता विश्वस्तरीय लिग खेलिसकेका छन्।
उनको आगमनसँगै लुम्बिनीको ब्याटिङ लाइन थप मजबुत हुने अपेक्षा लुम्बिनीले गरेको छ।
प्रकाशित: ३० आश्विन २०८२ १८:४६ बिहीबार





