नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले खेलाडीको मर्म बुझ्न नसक्ने संघ बन्द हुनुपर्ने बताएका छन्।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यलयमा तालाबन्दी गर्ने क्रममा अध्यक्ष लामाले उक्त कुरा बताएका हुन्।
नेपाल फुटबल खेलाडी संघले आइतबार दिउँसो तीनबुँदे मागसहित एन्फामा तालाबन्दी गरेको हो।
'नेपाली फुटबलमा फुटबल नै गर्न सक्दैन, फुटबल खेलाडीहरुको मर्म नै बुझदैन भने त्यो संघ बन्द हुनुपर्छ' अध्यक्ष लामा भन्छन्, 'अहिले हामीले ३ ४ वटा कुराहरुको माग गरेका हौँ।'
संघले फुटबल खेलाडी र समग्र नेपाली फुटबलको हितमा लामो समयदेखि एन्फाविरुद्ध चरणवद्ध रुपमा विभिन्न माग राख्दै आएको छ।
प्रकाशित: २४ फाल्गुन २०८२ १५:४६ आइतबार





