नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको जारी अभ्यास खेलमा श्रीलंकालाई १८६ रनको लक्ष्य दिएको छ।
मगंलबार श्रीलंकाको नवालास्थित एसएलडिसि क्रिकेट मैदानमा टस जितर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो।
नेपालका ओपनर आशिफ शेखले अर्धशतकीय पारी खेले। आशिफले ३२ बलमा अर्धशतक पूरा गरेका हुन्। उनी नेपालको लागि सर्वाधिक रन बनाउने खेलाडी बने। ४१ बलको सामना गरेका उनले ६० रन बनाउँदै आउट हुन पुगे।
नेपालका ओपनर कुशल्ल भुर्तेल २५ रन बनाएर आउट भए। त्यस्तै, कप्तान रोहित पौडेल ३१ रन बनाउँदै पेभिलियन फर्किए।
श्रींलका ‘ए’ ले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रकाशित: ६ माघ २०८२ १६:३० मंगलबार





