१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

आसिफ बने एनपीएल–२ मा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।

संकटपूर्ण अवस्थामा रहेको टोलीको पारी सम्हाल्दै उनले उत्कृष्ट ब्याटिङ गरेका हुन्।

आसिफले ३७ बलको सामना गर्दै ६ चौका र १ छक्काको मद्दतमा आफ्नो अर्धशतक पूरा गरे।

लगातार विकेट पतन भइरहेको अवस्थामा उनले एकातर्फबाट जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै टोलीको स्कोर उकासेका हुन्।

यो समाचार तयार पार्दासम्म जनकपुर बोल्ट्सले १२.४ ओभरमा ४ विकेटको क्षतिमा ७४ रन बनाएको छ।

प्रकाशित: १ मंसिर २०८२ १७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App