२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

एसियन गेम्स: नेपालले अफगानिस्तान र जापानसँग खेल्ने

एसियन गेम्स २०२६ अन्तर्गत पुरुष क्रिकेटको छनोट चरणका लागि समूह विभाजन सार्वजनिक भएको छ। सार्वजनिक तालिकाअनुसार नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ।

समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान रहेका छन्। छनोट चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्।

क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले प्रत्यक्ष प्रवेश पाएका छन्। उनीहरूले छनोट चरणबाट आउने टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।

नेपालका लागि समूह चरण सहज नहुने देखिएको छ। टेस्ट राष्ट्र अफगानिस्तान बलियो प्रतिद्वन्द्वीका रूपमा रहेको छ भने जापान पनि पछिल्ला वर्षहरूमा एसियाली क्रिकेटमा प्रतिस्पर्धी टोलीका रूपमा उभिएको छ।

नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनल पुग्ने लक्ष्यका साथ प्रतियोगिताको तयारी गर्नेछ।

प्रकाशित: ७ श्रावण २०८३ १५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App