एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल भियतनामसँग पराजित भएको छ।
बिहीबार भियतनामको गो डौ रगंशलामा भएको खेलमा नेपाल भियतनामसँग ३-१ ले पराजित भयो। खेलमा पहिलो गोलको अग्रता भियतनामले लिएको थियो। भियतनामको लागि खेलको ९ मिनेटमा न्युगेन लिनले गोल गरे।
त्यसपछि खेलको १७ मिनेटमा नेपालका सनिष श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेल पहिलो हाफ १-१ को बराबरिमा सकिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा नेपालका लकेन लिम्बू रातो काड पाएर मैदान बाहिरिए।
दोस्रो हाफमा भियतनामले २ गोल गर्यो। खेलको ६७औं मिनेटमा सुआन मानले गोल गरे। ७२औं मिनेटमा भान भिले गोल गर्दै भियतनालाई सफलता दिलाए।
नेपालले हालसम्म ३ खेल खेल्दा अंकविहीन छ। नेपाल र भियतनामले असोज २८ गते दोस्रो खेल खेल्नेछ।
प्रकाशित: २३ आश्विन २०८२ २०:३० बिहीबार





