२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

एसिया कप : सुपर फोरमा पाकिस्तानले श्रीलंकालाई हरायो

पाकिस्तानले एसीसी एसिया कपको सुपर फोरमा श्रीलंकालाई पराजित गरेको छ।

मगंलबार राति भएको खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले सुपर फोरमा आफ्नो पहिलो जित दर्ता गर्‍यो। श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पछाएको पाकिस्तानले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। पाकिस्तानको लागि सर्वाधिक रन मोहम्मद नवाजले ३८ रन बनाए।

श्रीलंकाको लागि वानिन्दु हंसरगा र महिश तिक्क्षले समान २- २ विकेट लिए। त्यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बाए। श्रीलंकाको लागि कमिन्दु मेन्डिसले अर्धशतक प्रहार गरे। पाकिस्तानको लागि शहिन अफ्रिदिले सर्वाधिक तीन विकेट लिए।

यो जितसँगै पाकिस्तानले सुपर फोरमा २ अंक बटुलेको छ। यसअघि पाकिस्तान भारतसँग पराजित भएको थियो। श्रीलंकाको भने यो लगातार दोस्रो हार हो।

प्रकाशित: ८ आश्विन २०८२ ११:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App