१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एसिया कप २०२५ युएईमा हुने

पुरुष एसिया कप क्रिकेट प्रतियोगिता ९ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने भएको छ। 

एसियाली क्रिकेट परिषद् (एसीसी) का अध्यक्ष र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख मोहसिन नक्वीले सामाजिक सञ्जाल मञ्च एक्समा यस्तो जानकारी दिएका हुन्। उनले प्रतियोगिताको विस्तृत तालिका चाँडै जारी गरिने बताए।

हाल भारत र पाकिस्तान एउटै समूहमा हुन्छन् वा छुट्टाछुट्टै हुन्छन् भन्ने कुरा स्पष्ट छैन।

ईएसपीएनको प्रतिवेदनअनुसार यस पटकको एसिया कप टी-ट्वान्टी ढाँचामा खेलिनेछ। एसीसीका पाँच पूर्णकालीन सदस्यहरू अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका बाहेक, युएई, ओमान र हङकङका टोलीहरूले पनि यसमा भाग लिनेछन्।

यसअघि भारतीय क्रिकेट टोलीले २०२३ मा एसिया कपको उपाधि जितेको थियो। 

प्रकाशित: १० श्रावण २०८२ २१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App