एसिया कप क्रिकेट प्रतियोगिता (एसिसी)अन्तर्गत १९ वर्षमुनिको आज जारी खेलमा नेपालले भारतलाई जीतका लागि १२९ रनको सामान्य लक्ष्य दिएको छ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रनको योगफल बनायो।
नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए। उनले ९३ बलमा १ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै आशिष लुहारले ४५ बलमा २९ रन जोड्दा निरजकुमार यादवले ४८ बलमा २० रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
बलिङतर्फ भारतका इशान सूदले १० ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। त्यस्तै अर्जुन राजपुतले ५.३ ओभरमा ८ रन दिँदै ३ विकेट हात पारे। शवीर गौडले २ विकेट लिए भने मनाल चौहान र काव्या परेश पटेलले समान १/१ विकेट लिए।
भारतले अहिले ब्याटिङ गर्दैछ।
प्रकाशित: २० कार्तिक २०८३ १४:२५ शुक्रबार





