१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एसिया कप २०२५ : भारत-पाकिस्तानबिचको रोमाञ्चक भिडन्त कहिले?

एसिया कपमा भारत र पाकिस्तानबिचको खेल सेप्टेम्बर १४ मा हुने भएको छ। एसियाली क्रिकेट परिषद्ले सामाजिक सञ्जाल मञ्चमा तालिका जारी गर्दै यो जानकारी साझा गरेको हो। 

परिषद्का अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्डका प्रमुख मोहसिन नक्वीले प्रतियोगिता नौ सेप्टेम्बरदेखि २८ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुनेबारे जानकारी गराएका थिए। 

प्रतियोगितामा भारत, पाकिस्तान, संयुक्त अरब इमिरेट्स र ओमान समुह ‘ए’ मा छन्। 

समुह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र हङकङ समावेश छन्। यस पटक एसिया कप २० ओभर ढाँचामा खेलिने भएको छ।  
 

प्रकाशित: १० श्रावण २०८२ २१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App