३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

अश्विवनले लिए आईपिएलबाट सन्यास

भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आईपिएल) बाट सन्यास लिएका छन्। 

उनले बुधबार सामाजिक सञ्जालमा पोस्ट गर्दै आईपिएल बाट सन्यास लिएको घोषणा गरे। उनले भनेका छन्, ‘आज मेरो लागि खास दिन हो, एक नयाँ सुरुवात पनि भन्छु, हरेक अन्त्य एक नयाँ सुरुवात हो। मेरो आईपिएलको करियर अब समाप्त हुन्छ, दुनियाँभरका अलग-अलग लिगहरूमा मेरो नयाँ यात्राको सुरुवात हुन्छ।’ 

उनले २०२५ मा चेन्नई सुपर किंग्सबाट आईपिएल खेलेका उनले ९ खेलमा ७ विकेट लिएका थिए भने ३३ रन बनाएका थिए। 

अश्विनले आईपिएलमा ५ टोली पन्जाब किंग्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स र राइजिङ पुने सुपरजायन्ट्सबाट प्रतिनिधित्व गरे।

उनले २२१ वटा आईपिएलमा खेलमा १८७ विकेट लिएका थिए। 

प्रकाशित: ११ भाद्र २०८२ १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App