एन्फा महिला लिग छनोट अन्तर्गत आज भएको खेलमा चर्च ब्वाइज यूनाइटेडले एफसी रियललेलाई फराकिलो अन्तरले पराजित गरेको छ।
सोमबार सातोबाटोस्थित एन्फा कम्लेप्कसमा भएको खेलमा चर्च ब्याइजसँग रियले ६-० ले पराजित भयो। चर्च ब्याइजको लागि सुजाता फालुङ्वा र आशिका थापाले समान दुई-दुई गोल गर्दा मनिता तुमरोक र वर्षा ओलीले एक एक गोल गरे।
यसअघि रियलेले दुई खेल खेलिसेको छ, जहाँ दुवै खेलमा पराजय व्होरेको छ।
प्रकाशित: २ भाद्र २०८२ १८:४४ सोमबार





