अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ।
काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको हो। अर्को सूचना नआएसम्मका लागि यो निलम्बन कायम रहने फिफाले जनाएको छ।
निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार समेत गुमाएको छ।
फिफाका अनुसार निलम्बन अवधि कायम रहुञ्जेल एन्फासम्बद्ध राष्ट्रिय टोली तथा नेपाली क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।
प्रकाशित: ११ असार २०८३ ०८:२९ बिहीबार





