अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको राजीनामा माग गरेका छन्।
सोमबार वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष विराटजङ शाही, सदस्यहरू रविन चन्द ठकुरी, रुपेश अधिकारीले एन्फाको कार्यशौलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गरेका थिए । उनीहरूले नेपाली फुटबल भविष्य मजबुद बनाउन नसकेको भन्दै चिन्ता गरेका थिए ।
पत्रकार सम्मेलनमै खड्काले अध्यक्ष नेम्बाङको राजीनामा मागेका हुन् । उनले एन्फा नेतृत्वसँगको आक्रोश पोख्दै फुटबलको विकासमा नेतृत्वले काम नगरे आफूहरूले जिम्मेवारी लिने बताए ।
नेपालको फुटबल विकासमा सबै जुट्नुपर्ने उनको भनाइ छ । एन्फाले लिग सञ्चालनमा उदासिनता देखाएको आरोप खड्काको छ ।
प्रकाशित: २७ आश्विन २०८२ १८:२६ सोमबार





